दफा २६
कर्मचारी सम्बन्धी व्यवस्था
(१) बोर्डमा आवश्यक सङ्ख्यामा कर्मचारीहरू रहनेछन्।
(२) उपदफा (१) बमोजिम बोर्डमा रहने कर्मचारीको नियुक्ति, पारिश्रमिक, सेवाका शर्त तथा सुबिधा तोकिए बमोजिम हुनेछ ।
(३) बोर्डले विशेषज्ञता आवश्यक पर्ने र आफ्नो कर्मचारीबाट सम्पादन हुन नसक्ने कामको लागि विज्ञ नियुक्त गर्न सक्नेछ र त्यस्तो विज्ञको योग्यता, पारिश्रमिक, सेवाका शर्त तथा सुबिधा बोर्डले निर्धारण गरे बमोजिम हुनेछ ।